Home
3
2
1

जानकी जीवन कुञ्ज (श्री पुज्य कविप्रसाद हरेराम संकीर्तन कुञ्ज)

श्री परम पुज्यनीय गुरु कविप्रसाद गौतमज्यूको पवित्र निवास तथा वि.सं. १९६८ पौष २६ (सन १९३० जनवरी ९)  देखि अखण्ड हरिनाम संकीर्तनको तुमूल ध्वनि प्रवाहित हुदै आइरहेको एक विशेष संस्था नै जानकी जीवन कुञ्ज हो । यस पवित्र स्थललाई भक्तजनहरु प्रेमले “कुञ्ज”को नामले सम्वोधन गर्दछन् । काठमाडौं महानगर पालिका वडा नं. ८ पशुपतिनाथ मन्दिर क्षेत्रको पश्चिम पट्टी वालकुमारी टोलमा अवस्थित यस कुञ्जमा गुरुको प्रयास तथा निर्देशन अनुरुप स्थापना काल देखि हालसम्म प्राणि मात्रको कल्याणको निम्ति २४ घण्टै अखण्ड हरेराम किर्तन सञ्चालन हुदै आएको छ भने विशेष तिथि चाड–पर्व आदि समारोहमा राम–नाम, कृष्ण नाम, सखा पूजा, सखी पूजा, एक–दिवसीय महायज्ञ ७ दिवसिय नारायण महायज्ञ, भगवान प्रवचन आदि सञ्चालन हुदै आइरहेको छ । त्यसै गरि अहिले जिवित रहेका तथा मृत्यू वरण गरिसकेका हरुको लागि प्रत्येक विहान नित्यहवन श्राद्ध हुने गर्दछ ।  देशभर अनेकौ स्थानमा शाखा प्रशाखारहेको जानकी जीवन कुञ्ज अहिले गुरु कविप्रसाद गौतमज्यूका  पुत्ररत्न श्री अनन्तप्र गौतम तथा नाति श्री अजित गौतमज्यूको व्यवस्थापन तथा रेखदेखमा नित्य रुपमा सञ्चालन भइरहेको छ ।