Home पुज्य राम गुरु

।।श्रीहरि:।।

परमपूजनीय रामगुरु श्री कवि प्रसाद गौतमज्यू

वि.सं १९६० चैत्र शुक्ल सप्तमीका दिन पूज्य पिता श्री कुञ्जविलास गौतम तथा माता श्री डोलकुमारी गौतम पुत्ररत्नका रुपमा जन्मनु भई विश्वलाई हरिनामले आप्लावित गराई प्राणी कल्याणका खातिर जीवन समर्पण गर्ने ब्यक्तित्व परमपावन नामावतार राम गुरु होई बक्सन्छ ।

वाल्यावस्था देखिनै त्यागी तथा आध्यात्मिक स्वभावका धनी परम पूज्यमा युवा अवस्थासम्म आईपुग्दा प्राणी मात्रको दुख पीडा ब्याकुलता तथा प्राणीमात्रको आफनो दुःखप्रतिको अनभिज्ञता देखि छटपटाहट र दुःखले प्रचुर मात्रामा जरो गाडी सकेको थियो । त्यसको अर्थ प्राणी मात्रको असीम दुःखको अन्तको लागि ब्यकूल परम पूज्यले अन्ततोगत्वा यही निर्णय गरिबक्सियो कि हरिनाम संकिर्तन नै यिनीहरुको असीम दुःखको निराकरण हो । त्यसर्थ वि.सं १९८६ पौष २६ गतेदेखि चन्द्रसुर्य रहेसम्मका लागि अखण्ड हरिनाम संकिर्तन शुभारम्भ गरिवक्सियो । उहा
कै जीव वत्सलताको प्रतिफल कलिकरालको दवदवामा पनि हामी भगवानको नाम अविछिन्न रुपमा सुन्न तथा नाम अखण्ड रुपमा लिन पाउछौ ।

 

सच्चा अर्थमा राम गुरु यस युगका युग पूरुष होईबक्सन्छ । उहाको जन्म केवल हरिनाम संकिर्तनका खातिर भएको छ । हरिनाम संकिर्तन उहा पर्याय होईवक्सिन्छ ।

बर्तमानका अत्यन्त स्वार्थ परक मानसिकतामा खा
चो छ त राम गुरुद्धारा प्रतिपादित विशाल भावना जसमा त तेरो र मेरो जस्तो संकुचित भावना मात्र हैन साम्प्रदायिकताको संकिर्णता सम्मको लेश पनि छैन । उहाको विशाल मार्गमा मानव मात्र हैन प्राणी मात्र अट्न सक्छन । यस प्रकारको विशाल छहारी परमपूजनीयवाट निर्माण गरिबक्सेको छ । हामीलाई अन्य सिद्धान्त तथा दर्शनको खाचो छैन । खाचो छ त उहाको भावनाको विश्वब्यापी प्रचारको जस्को मार्फत प्राणी मात्र एक परिवार बन्न सक्छन केवल हरिनाम संकीर्तनको ओतमा ।

उहा
ले जीवनका सम्पुर्ण क्षणहरु हरिनाममा समर्पित गर्नु भयो जसको ओतमा व्रजभावको, ब्रजलीलाको सख्यरसको विस्तृत अन्वेषण गरिवक्सि हामीलाई ब्रजभाव प्रसाद स्वरुप सखा सखी बनाई अगम ऐश्वर्य प्रधान गरिबक्सेकोछ । ऐश्वर्य प्रदाता पूज्यसंग सदा यही प्रार्थना छ हाम्रो जीवनमा हजुरले जुन ऐश्वर्य प्रपात गरिबक्सेको छ , त्यसको सफलता पनि हजुर कै कृपा आश्रयमा समर्पित गर्दछौ । हाम्रो जीवन हरिनाममय बन्न सकोस हामी प्राणी मात्रको दःखमा छट्पटाउन सकौं ।