Home कृयाकलापहरु नित्य श्राद्धः
नित्य श्राद्धः


प्रत्येक दिन विहान ८ बजे नित्य हवनका पश्चात सम्वन्धित तिथि तथा आज सम्म मृत्यु वरण गरिसकेको प्राणीहरुको कल्याणको लागि अखिल तृप्ति श्राद्ध पूज्य गूरुबाट प्रतिपादित पद्धतिवाट हुने व्यवस्था छ । समाजका विभिन्न व्यक्तिहरुले आजको यस व्यस्त जीवनमा आफ्ना पितृहरुलाई स्मरण गरी यथासक्य रुपमा श्राद्ध, पूजा आदि गर्न सक्ने कार्यक्रमको रुपमा नित्य श्राद्धलाई लिन सकिन्छ । यहाँ श्राद्ध गराउन आउदा सर–सामानको व्यवस्था तथा पुजा दान–दक्षिणा सम्पूर्ण कुञ्जले नै व्यवस्था गर्ने गरेको जानकारी गराउँछौं । यस कार्यको लागि अग्रीम रुपमा वा सोहि दिनु विहान ७ बजे कुञ्जमा पाल्नु भई श्राद्ध, दान, दक्षिण, जप, यज्ञ, किर्तन गर्न गराउन सकिनेछ ।