Home कृयाकलापहरु सखा–सखी पूजाः
सखा–सखी पूजाः

भगवान श्री कृष्णका अति नै निकट रहेका व्रजवासी नै सखा–सखी हुन । ब्रजका प्रत्येक लता–लहरा, जीव–जन्तु, अन्न–वाली, गोप–गोपनी सम्पूर्ण प्राणिहरु साख्य–भावले ओतप्रोत छन् ।

तिनै सखा–सखीहरुको शु–भावना, विचार, दर्शन भक्तहरुमा प्रसार÷जागृत होस भनेर सखा–सखी, कृष्ण–वलराम, शुभद्रा, गोवद्र्धनको पूजा गरिन्छ । दिन भरी नै श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वाशुदेव उच्चारण गर्दै सम्पूर्ण आगन्तुक भक्तहरुलाई सखा–सखी वनाई साधकका रुपमा राखिन्छ । यस कार्यक्रमका कर्तालाई कृष्ण निकट भएको घोषणा पनि गरिन्छ साथै उपस्थित सम्पूर्ण सखा–सखीहरु नयाँ सखा–सखी (कर्ता) लाई अभिनन्दन गरी बधाई दिइन्छ ।