Home कृयाकलापहरु अन्य विशेष उत्सवः
अन्य विशेष उत्सवः

कुञ्ज पावन भूमि हो जुन स्थानलाई प्रत्येक भक्तहरुले आदरपूर्वक ग्रहण गर्ने गर्दछन । यहाँ हरेक विशेष चाड पर्वमा विशेष किसिमका कार्यक्रमहरुका आयोजना हुन्छ ।

दशैमा प्रतिपदा देखि पूर्णीमा सम्म नरी, सैमरी, श्री राधाको पूजा हुन्छ । दशमीको दिन गुरुवाट टिका प्रसाद प्राप्त गर्न सकिन्छ । त्यसै गरि सरस्वती पूजा, लक्ष्मी पूजा, शिवरात्री, कृष्णअष्टमी, अनन्त चतुर्दशी, गुरु पूर्णिमा, वुद्ध पूर्णीमा, रक्षा बन्धन, हरेक एकादशी, होली आदि तिथिहरुमा एक छुट्टै हल भित्र विशेष उत्सवको आयोजना हुदै आइरहेको छ । भक्तहरुले आफूलाई मन पर्दो दिनमा मन पर्दो उत्सवको आयोजन गर्न सक्नुहुन्छ ।