Home कृयाकलापहरु अन्य कार्यक्रमहरुः
अन्य कार्यक्रमहरुः

दुर्घटना, प्रकोपबाट पिडित जिवित अजिवित प्राणीहरुको सेवाका लागि भागवत अनुष्ठान, हरेराम यज्ञ आदि कार्यक्रमहरु पनि कुञ्जकै पहलमा हुने गरेका छन् ।

त्यसै गरि स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, नेत्रदान, अन्न वितरण, वस्त्र वितरण आदि सामाजिक कार्यक्रमहरु पनि विशेष अवशरहरुमा गरिन्छ । साथ–साथै नेपाल भित्र आयोजना हुने पनौती मेला, गोदावरी मेला, देवघाट मेला, आदि विशेष महोत्सवहरुमा कुञ्जको तर्फ बाट आध्यात्मिक प्रवचन, महायज्ञ आदि हुदै आएको छ । त्यसै गरि प्रत्येक वर्ष भगवानको लिला भूमिका दर्शन गर्न इच्छुक भक्तहरुलाई भारत तथा नेपालका विभिन्न तिर्थ स्थलहरुको दर्शन गराई यस पावन संस्था धन्यवादको भागीदार हुदै आइरहेको छ । गूरुको जन्मदिन तथा अन्य विशेष अवसरहरुमा नारायण नाम सहित काठमाडौको विभिन्न स्थानमा नगर परिक्रमा  जस्ता कुञ्जनद्धारा आयोजना हने कार्यक्रमहरु अत्यन्त लोकप्रिय छन् ।